काठमाडौँ, २८ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा रत्नकुमार बान्तवाको ७३औँ जन्मजयन्ती एवं ४६औँ स्मृति दिवसका अवसरमा आज श्रद्धासुमन व्यक्त गर्दै उहाँले मुलुकको राष्ट्रियतालाई संरक्षण गर्दै जनताका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न एकताबद्ध हुनुपर्ने बताउनुभएको हो ।
“समाजवादको दिशामा देश, जनता र राष्ट्रलाई अघि बढाएर मात्र हामीहरु अमर सहिद रत्नकुमार वान्तवाप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न सक्छौँ । त्यसैले आउनुहोस् यो देशका समस्त देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरु एकताबद्ध बनौँ र समाजवादको उच्चतम लक्ष्य तिर अघि बढौँ”, उहाँले भन्नुभएको छ ।
विसं २००८ चैत २७ गते जन्मनुभएका नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा रत्नकुमार वान्तवालाई तत्कालीन पञ्चायती शासकले इलामको इभाङ्ग (हाल माङ्सेबुङ्ग गा.पा) मा २०३५ साल चैत २७ गते गोली हानी हत्या गरेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














