04/07/2025, 07:12:39

राष्ट्रलाई विश्वमाझ चिनाउने माध्यम खेलकुद : अध्यक्ष नारायणमान बिजुक्छेँ


भक्तपुर, २३ चैत : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राष्ट्रलाई विश्वमाझ चिनाउने माध्यम भएकाले यसको विकासमा सरकारले चासो दिनुपर्ने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाद्वारा यहाँ आयोजिक अन्तरनगर जिम्नास्टिक प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले सरकारले खेलको विकासका साथै खेलाडीलाई हौसला र प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । जिम्नाष्टिक खेलमार्फत अन्तरराष्ट्रिय पदक जित्ने वतावरण बनाउन आवश्यक भएकामा उहाँले जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका–२०८१’ को बिमोचन गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक युवा र विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउन भक्तपुर नगरपालिकाले उत्साहित गर्दै आएको बताउनुभयो । नगरपालिकाले विद्यालयमा खेलकुद प्रशिक्षकको व्यवस्था गरी प्रशिक्षण सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

अन्तरनगर जिम्नास्टिक प्रतियोगितामा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका गरी १८ स्थानीय तहका खेलाडी सहभागी रहेका नगरपालिकाका उपप्रमुख रजनी जोशीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रो हुने टोलीलाई रु २० हजार प्रदान गरिने छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ