03/31/2025, 14:11:48

प्रधानमन्त्री ओलीले संसद् बैठकलाई सम्बोधन गर्नुहुने


काठमाडौँ, १५ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।

संसद् बैठकको गतिरोध, प्रतिस्थापन विधेयकलगायत विषयमा उहाँले सम्बोधन गर्नुहुने भएको नेपाल कम्युनिष्ट पार्टी(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

विपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल प्राधिकरणका कार्यकारी निर्देशक पदबाट बर्खास्ती गरेका विषयलाई लिएर तीन दिनदेखि संसद् बैठक अवरोध गरिरहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ