03/31/2025, 06:31:34

महिला एसियन कप-२०२६ छनोटः नेपाल समूह एफमा


काठमाडौँ, १४ चैतः एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप-२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । महासङ्घले मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा आज सर्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘एफ’मा परेको हो ।

नेपालको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलङ्का छन् । आगमी जुन महिनामा समूह ‘एफ’को छनोट खेल उज्बेकिस्तानमा हुनेछ । नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्नेछ ।

एएफसी महिला एसियन छनोटमा विभिन्न ३४ देशलाई आठ समूहमा विभाजन गरिएको छ । जसमा हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् । एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ