लुम्बिनी, १४ चैतः गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै नसक्ने बताउनुभएको छ । उहाँले लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको नेपाली समाज निरङ्कुशतातर्फ जान नसक्नेमा आफू प्रष्ट रहेको बताउनुभयो ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा गृहमन्त्री लेखकले समाज पछाडि फर्कन नसक्ने स्पष्ट पार्नुभयो ।
“एक दुईचोटी प्रयास गरिएका हुन् । नेपाली जनता लोकतन्त्रमा विश्वास गर्छन्, त्यसैले ती प्रयास नेपाली जनताले निस्तेज गरे”, उहाँले भन्नुभयो, “लोकतन्त्रको मार्गमा अगाडि बढिसकेको समाज पछाडि फर्किदैन, सरकार परिवर्तन हुने कुरा लोकतन्त्रमा हुन्छ ।”
उहाँले अहिले केही कमी कमजोरी रहेको बताउँदै जनताको चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने प्रयत्न भइरहेको बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











