03/31/2025, 06:03:04

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका


बागमती, १४ चैत : मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९९ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ ।

गत आर्थिक वर्षदेखि आरम्भ भएको अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत हालसम्म १९९ श्रमिकलाई कोषमा आबद्ध गराइएको गाउँपालिकाका अध्यक्ष फिद लामाले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत अनौपचारिक क्षेत्रका श्रमिकका लागि तोकिएको मासिक रु १० हजार ८२० पारिश्रमिकबाट ११ प्रतिशत अर्थात् एक हजार एक सय ८० र गाउँपालिकाले एक हजार १४ गरी रु दुई हजार २०४ सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । कोषमा श्रमिकलाई आबद्ध गराउन चालु आवमा रु २५ लाख विनियोजन गरिएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ