१२ चैत, काठमाडौं – पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले हालै सामाजिक सञ्जालमार्फत सरकारलाई कटाक्ष गरेका छन्। आफ्नो स्टाटससँगै उनले पोस्ट गरेको भिडियो अहिले भाइरल बन्दै गएको छ।
भिडियोमा रवि लामिछाने क्यामेरातर्फ हेर्दै बोल्न खोजिरहेका हुन्छन्, झ्याप्पै बत्ती जान्छ। केही सेकेन्डसम्म अध्यारो रहन्छ, त्यसपछि उनी क्यान्डिल बाल्दै मौन रूपमा बसेका देखिन्छन्। भिडियोमा कुनै शब्द छैन, तर सन्देश प्रस्ट छ – देशको अवस्था झ्याप्पै अन्धकारमा डुब्ने गरी बिग्रिरहेको छ!
स्टाटसमा उनले लेखेका छन्, “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्!” यो अभिव्यक्तिले सरकार र वर्तमान राजनीतिक नेतृत्वप्रति कडा संकेत गरेको देखिन्छ।
भिडियोको अर्थ के?
लामिछानेले लोडसेडिङ फिर्ता आएको, प्रशासनिक अराजकता बढेको र सरकार जनअपेक्षाविपरीत चलिरहेको सन्देश दिन खोजेका हुन् भन्ने अनुमान गरिएको छ। लामिछानेको यो स्टाटसपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। कतिपयले सरकारको आलोचना गर्दै रविको समर्थन गरेका छन् भने केहीले उनलाई ‘नाटकबाज’ भन्दै व्यंग्य गरेका छन्।
रवि लामिछाने चर्चामा रहन जान्ने नेता मानिन्छन्। उनले आफ्नो प्रवक्ताको भूमिकाबाट बाहिर आएर अब जनताको ‘निर्णायक शक्ति’ बन्ने सन्देश दिएका छन्। आगामी दिनमा उनको यो स्टाटसले राजनीति कुन मोड लिन्छ? सबैको ध्यान त्यतातर्फ केन्द्रित भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















