भारतीय प्रिमियर लिग (आईपीएल) २०२५ को सुरुवात शनिबार, मार्च २२ देखि भएको छ, जसमा पहिलो म्याचमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्यो। कोलकाताले २० ओभरमा १७४ रन बनायो भने रोयल च्यालेन्जर्सले १६.२ ओभरमै १७७ रन बनाएर जित हात पार्यो । यसको एक दिन पछि आइतबार, मार्च २३ मा दुई खेल भयो, जसमा पहिलो म्याचमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्यो। मुम्बईले २० ओभरमा १५५ रन बनायो भने चेन्नईले १९.१ ओभरमा १५८ रन बनाएर जित हासिल गर्यो। सोहि दिन खेलिएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले हरायो। हैदराबादले २० ओभरमा २८६ रन बनाउदा राजस्थानले २० ओभरमा २४२ रन बनायो। सोमबार, मार्च २४ मा खेलिएको चौथो खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्सलाई १ विकेटले हरायो। लखनऊले २० ओभरमा २०९ रन बनायो भने दिल्लीले १९.३ ओभरमा २११ रन बनाएर रोमाञ्चक जित हात पार्यो। आज मङ्गलबार, मार्च २५ मा गुजरात टाइटन्स र पञ्जाब किङ्सबीच पाँचौं म्याच खेलिनेछ, जुन अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७:३० बजे (नेपाली समय अनुसार ७:१५ बजे) सुरु हुनेछ। आईपीएल २०२५ ले रोमाञ्चक सुरुवात गरेको छ, जसमा हरेक म्याचमा प्रतिस्पर्धी टिमहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















