काठमाडौँ, ७ चैतः ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो ।
दफावार छलफलमा भाग लिनुहुँदै संशोधनकर्ता सांसद प्रकाश ज्वालाले सांसदका चासोलाई संसद्ले सम्बोधन गर्नुपर्ने बताउनुभयो । संशोधनकर्ता सांसदहरु मेटमणि चौधरी, भानुभक्त जोशी, सूर्यबहादुर थापा क्षेत्री, चित्रबहादुर केसी, प्रेम सुवाल, निशा डाँगी, विमला सुवेदी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, नारायणी शर्मा, रामकुमार राई, दुर्गा राई, छिरिङडण्डुप लामा भोटे, मनिष झा र शेरबहादुर कुँवर ले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँहरुले योजना आयोगको भूमिकालाई कमजोर बनाउन नहुनेमा जोड दिनुभएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














