२९ फागुन, काठमाडौं : साओमीको साओमी १५ अल्ट्रा सार्वजनिक भएको छ । भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजित ‘साओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टका अवसरमा उक्त स्मार्टफोन सार्वजनिक गरिएको हो ।
साओमी १५ अल्ट्रा लाइका सुमिलक्स अप्टिकल लेन्सका साथमा डिजाइन गरिएको कम्पनीले जनाएको छ । यसमा लाइका १ इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । यसमा सिल्ड ग्लास २.० को प्रयोग, ६.७३ इन्च डब्लूक्यू एचडीका साथ एमोलेड प्यानल, ३२०० निट्स पिक ब्राइटनेस र १–१२० हर्ट्ज अडाप्टिभ रिफ्रेस रेट, ५४१० एमएएच साओमी सर्ज ब्याट्री, ९० वाट हाइपर चार्ज र ८० वाट वायरलेस हाइपर चार्ज जस्ता विशेषता छन् ।
बजारमा यसको अफर मूल्य एक लाख ४९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।