बुधबार, फागुन २८, २०८१

‘विपद् जोखिम न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्ने’


धनगढी, २७ फागुन : गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपतकालीन गोदामघर आज हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले काठमाडौँमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रिय आपतकालीन गोदामघरको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । उहाँले वैदेशिक सहयोगबाट प्राप्त सामग्री तथा सरकारले खरिद गरेरै भए पनि प्रदेशमा रहेका आपतकालीन गोदामघरलाई आवश्यक सामग्री उपलबध गराइने बताउनुभयो ।

सरकारले प्रदेशलाई हस्तान्तरण गरेको आपतकालीन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकार भएको गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो । विपद्मा प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न उहाँले मातहतका निकायलाई निर्देशन दिनुभयो ।

सो अवसरमा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालीन गोदामघर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुषाललगायतको उपस्थिति रहेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ