बुधबार, फागुन २८, २०८१

सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ माथि सोमबार साइबर आक्रमण


काठमाडौं, २७ फागुन : अर्बपति एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर)माथि सोमबार साइबर आक्रमण भएको बताएका छन् । अमेरिका र युकेसमेत विश्वभरका केही क्षेत्रमा सेवा बन्द भएको गुनासोपछि मस्कले अगाडि पनि यस्ता आक्रमणहरु हुनसक्ने बताएका छन् ।

मस्कले एक्समा लेखेका छन्, ‘हामीमाथि दैनिक आक्रमण भइरहेको छ । तर यो धेरै संसाधनमाथि एकैपटक गरिएको छ ।

मस्कले कुनै ठूलो समूह या कोही देशको हात हुनसक्ने बताएका छन् । एक्सको आउटेज मनिटर डाउन-डिटेक्टरलाई प्रभावित गर्ने प्राविधिक समस्याबारे सोमबार अमेरिकी युजर्सका तर्फबाट गुनासो आएपछि मस्कले आफ्नो बयान दिएका हुन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ