आइतबार, फागुन २५, २०८१

साओमीको रेड्मी बड्स ६ सिरिज सार्वजनिक


काठमाडौँ, २३ फागुन : साओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ । रेड्मीको रेड्मी बड्स ६ लाइटरेड्मी बड्स ६ प्ले गरी दुई नयाँ वायरलेस इयरबड्स बजारमा आएको हो । यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीको दाबी छ ।

रेड्मी बड्स ६ लाइटमा ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसन, डुअल माइक्रोफोन, एआई नोइज रिडक्सन टेक्नोलोजी र चार्जिङ केससहित ३८ घण्टाको ब्याट्री ब्याकअप छ । रेड्मी बड्स ६ प्लेमा १० एमएम डाइनामिक ड्राइभर, एआई नोइज रिडक्सन प्रविधि र चार्जिङ केसहित ३६ घण्टाको प्लेब्याक टाइम जस्ता विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।

रेड्मी बड्स ६ लाइटको मूल्य ३ हजार ४ सय ९९ र रेड्मी बड्स ६ प्लेको मूल्य १ हजार ९ सय ९९ रुपैयाँ छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ