मङ्गलबार, पुष ०९, २०८१

एमालेका मन्त्रीहरुको सामुहिक राजीनामा


काठमाडौ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको पत्र एमालेले प्रधानमन्त्री प्रचण्डलाई बुझाएकाे छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा पत्रसमेत प्रधानमन्त्रीलाई बुझाएका छन् । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

७९ सिट रहेको एमालेले समर्थन फिर्ता लिएपछि अब प्रचण्ड सरकारको समर्थनमा ३२ सिटको माओवादी, २१ सिटको रास्वपा, १० सिटको नेकपा एकीकृत समाजवादी, ७ सिटको जसपा र ६ सिट रहेको जनमतको मात्र समर्थन बाँकी रहेको छ ।

अब प्रचण्डले आगामी साउन १९ भित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading