सोमबार, फागुन १२, २०८१

नेकपा माओवादीको आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु


काठमाडौँ, १२ फागुनः  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान‘ सुरु गरेको छ ।

नेपालकै होचो भूभाग केचनकबलमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले नेपाली झण्डा फहराउँदै सोमबार बिहान अभियानको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा दाहालले पर्यटकीय स्थानका रूपमा उच्च सम्भावना भएको केचनकबलबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि अपील गरेका छन् ।

कार्यक्रममा अध्यक्ष दाहालसहित उपाध्यक्ष अग्नीप्रसाद सापकोटा, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा लगायतका नेताहरुको उपस्थिति थियो ।

झापादेखि सुरु भएको अभियान कञ्चनपुर पुगेर समापन हुने माओवादीले जनाएको छ ।

प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तराई मधेश जागरण अभियान सञ्चालन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ । अभियानका क्रममा नेताहरूले दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने बताएका छन् । अभियानअन्तर्गत मंगलबार मोरङ र बिहीबार सुनसरीमा कार्यक्रम छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ