लेखनाथ (कास्की), ११ फागुनः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानलाई समयानुकूल संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित अग्रज पत्रकार किशोर नेपालद्वारा लिखित ‘नेपालका निधि’ नामक पुस्तकको लोकार्पण गर्दै उहाँले संविधान सहमतिको दस्तावेज भएकाले सबै राजनीतिक पार्टी एकै ठाउँमा बसेर सहमतिका आधारमा संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार लोकप्रिय हुन नसक्नुमा पनि कानुनहरू नै बाधक रहेको जिकिर गर्नुभयो ।
नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिबारे लेखिएको यो पुस्तकले राजनीतिक इतिहासलाई उजागर गरेको र निधि इमान्दार तथा निष्ठाको राजनीति गर्ने व्यक्ति भएकाले उहाँको योगदान पार्टीमा महत्वपूर्ण रहेको बताउनुभयो ।
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातान्त्रिक आन्दोलनमा महेन्द्रनारायण निधिले पु¥याएको योगदानलाई भुल्न नसकिने बताउनुभयो । उहाँले निष्ठाको राजनीति मात्र नभई सरल स्वभावका धनि भएकाले पनि लोकप्रिय रहेका बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले निधिजस्तोे सरल स्वभाव र निष्पक्षता सबै राजनीतिज्ञमा हुनुपर्ने धारणा राख्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













