आइतबार, फागुन ११, २०८१

कुलमानलाई हटाइएको बारे ऊर्जामन्त्री दीपक खड्कालाई नै सोध्नुहोला : प्रवक्ता पृथ्वीसुब्बा गुरुङ


११ फागुन, काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारीबारे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई नै सोध्नुपर्ने सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कुलमानलाई हटाउने ऊर्जामन्त्री खड्काको प्रस्तावबारे प्रतिक्रिया माग्दा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले घिसिङका बारेमा सम्बन्धित मन्त्रालयलाई थाहा हुने बताए ।

उनले भने, ‘कुलमानलाई हटाइएको बारे ऊर्जामन्त्री दीपक खड्कालाई नै सोध्नुहोला ।

डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न विद्युत् नियमन आयोगसँग अनुमति माग्दै घिसिङले पत्र लेखेपछि ऊर्जामन्त्री खड्का असन्तुष्ट थिए । सोही विषयलाई लिएर मन्त्रिपरिषद्‌मा घिसिङलाई हटाउन प्रस्ताव लगेका थिए तर मन्त्रिपरिषद्‌बाट निर्णय भएको थिएन ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ