कर्णाली, ९ फागुनः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा अझै सुशासन कायम हुन नसकेको बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासनकै लागि वर्तमान सरकार गठन भएपनि अपेक्षित उपलब्धि नभएको बताउनुभयो ।
उहाँले सरकारले अध्यादेश ल्याएर गलत गरेको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता कोइरालाले भन्नुभयो, “संसद् छँदै जथाभावी अध्यादेश ल्याउनु राम्रो होइन ।”

नेता कोइरालाले पार्टीभित्र वा पार्टी बाहिरकाले सरकारको खबरदारी गरिरहेको बताउनुभयो । उहाँले विसं २०८४ अघि नै कांग्रेस पार्टीको महाअधिवेशन गर्नुपर्ने सुझाव दिनुभयो । सत्ता गठबन्धनबीच भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र सरकार सुशासनका साथै अर्थतन्त्र सुधारमा कमजोर देखिएको उहाँको भनाइ थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













