शनिबार, फागुन १०, २०८१

प्रजातन्त्र दिवसः बिरामीलाई फलफूल वितरण


मलङ्गवा (सर्लाही), ६ फागुनः राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज बिहान प्रादेशिक अस्पताल मलङ्गवामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ ।

प्रजातन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंहको नेतृत्वमा बिरामीलाई फलफूल वितरण गरिएको हो । संयोजक सिंहसँगै प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्रकुमार महतोलगायतले प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गर्नुभएको हो ।

जिल्लामा प्रजातन्त्र दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय भएको छ । दिवसको मुख्य दिन बुधबार सदरमुकाम मलङ्गवामा प्रभातफेरी, झण्डोत्तोलन तथा मञ्चको कार्यक्रम, रक्तदान र जनप्रतिनिधि तथा कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ