काठमाडौँ, १ फागुनः नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिको नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आज आउने भएको छ ।
केन्द्रीय सदस्यको मतगणना सकेर अब पदाधिकारीको मतगणना भइरहेको उपाध्यक्ष मानुषी यमी भट्टराईले जानकारी दिइन् । उनका अनुसार आजै बेलुका ५ बजेसम्म निर्वाचनको सबै परिणाम आउने छ । अध्यक्षमा केन्द्रीय संयोजक बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको छ ।
९९ सदस्यीय केन्द्रीय समितिमा २ उपाध्यक्ष सहित २० निर्विरोध भएका छन् । बाँकी पदमा निर्वाचन भएको थियो । संयोजक भट्टराईकी छोरीसमेत रहेकी मानुषी उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।