शुक्रबार, माघ १८, २०८१

१५ मिनेटको बहिष्कारपछि प्रतिनिधिसभा बैठकमा फर्कियो रास्वपा


काठमाडौँ, १८ माघ : १५ मिनेटको बहिष्कारपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा फर्किएका छन् । उनीहरूले बोल्नका लागि सभामुखबाट समय नपाएपछि बैठक १५ मिनेटको लागि बहिष्कार गरेका थिए । प्रधानमन्त्री बोलिरहेका बेला रास्वपा सांसद सदनको बैठकमा फर्किएका हुन् । रास्वपा सांसदहरूले प्रधानमन्त्री बोल्नुअघि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका थिए ।

सभामुख देवराज घिमिरेले आफूहरूको कुरा नसुनेको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो । रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले आफूहरूलाई दोस्रो दर्जाका सांसद ठानिएको बताए । उनले भने, ‘ हामीलाई दोस्रो दर्जाका सांसदहरू ठानियो । हामी यो बैठक १५ मिनेटको लागि बहिष्कार गर्छौं ।

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकको सुरुमा नै रास्वपाले अवरोध गरेको थियो । रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय मागेर सिटबाट उठेर अवरोध गरेको हो । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आदेश गरेका थिए । तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भएकाले समय माग गरेका थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading