बिहिबार, माघ १७, २०८१

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक स्वीकार हुँदैन : कांग्रेस महामन्त्री शर्मा


काठमाडौँ, १६ माघः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी सरकारले प्रस्ताव गरेको विधेयक अस्वीकार्य हुने बताएका छन् । सरकारले सामाजिक मर्यादित बनाउने नाममा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार नै कुण्ठित गर्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी आलोचना भएपछि महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।

उनले वर्तमान सरकारले ल्याएको विधेयकमा प्रस्तावित विषयहरू मान्न नसकिने र त्यो विधेयक बदलिने भन्दै ढुक्क हुन समेत आग्रह गरेका छन् । यस्तै प्रकृतिको विधेयक विगतमा पनि संसद्‌मा प्रवेश गराउने प्रयास भएको थियो । त्यसबेला पार्टीको प्रवक्ता रहेका शर्माले त्यसबारे विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए । अहिले कांग्रेस-एमाले गठबन्धनकै सरकार हुँदा पुन: त्यही प्रकृतिको विधेयक सरकारले अघि बढाएपछि उनीमाथि प्रश्न उठेको थियो ।

महामन्त्री शर्माले विधेयकका विषयमाथि संसद्‌मा गम्भीर छलफल गरेरमात्रै त्यसबारे विधेयक पारित गरिने बताएका छन् । ‘प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । देश ढुक्क रहोस्- दृस्टि बदलिन्न, विधेयक बदलिन्छ,’   उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्,  ‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल,सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading