05/08/2025, 12:55:38

गृहमन्त्री लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट


काठमाडौँ, १५ माघः गृहमन्त्री रमेश लेखकसँग उहाँको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

साथै उहाँहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय, कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी निर्माणलगायत विषयमा पनि छलफल गर्नुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..