04/03/2025, 03:04:21

देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ : अर्थमन्त्री पौडेल


मोरङ, १२ माघः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताउनुभएको छ । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँको कथन छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पार्नुभयो । साथै अर्थमन्त्रीले पुँजीगत खर्चमा सुधार भइरहेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..