काठमाडौँ, ८ माघः गैरआवासीय नेपाली सङ्घ( एनआरएन )का अध्यक्ष बद्री केसीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको गुनसो गर्दै समाधानका लागि अनुरोध गर्नुभएको छ ।
‘संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरु थप निराश भएका’सभापति देउवासमक्ष उहाँले गुनासो गर्नुभएको एनआरएनले विज्ञप्ति निकालेर जनाएको छ ।
सभापति देउवाले एनआरएनका समस्या समाधानका निम्ति आफ्नो तर्फबाट हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











