बुधबार, माघ ०९, २०८१

परराष्ट्रमन्त्री राणाद्वारा अमेरिकी विदेशमन्त्री रुबियोलाई बधाई


काठमाडौँ, ८ माघः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२ औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोप्रति बधाई ज्ञापन गर्नुभएको हो ।

परराष्ट्रमन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको एक्समा उल्लेख गर्नुभएको छ ।

नवनियुक्त अमेरिकी विदेशमन्त्री रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुनुहुन्छ । त्रिपन्न वर्षीय उहाँको नियुक्तिको प्रस्तावलाई सिनेटले ९९ मतले अनुमोदन गरेको हो । उहाँलाई विदेशमन्त्री नियुक्ति गर्नेसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गर्नु भएको प्रस्तावको विपक्षमा एक मत पनि नपरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading