सोमबार, माघ २१, २०८१

रामबहादुर बस्नेतको निधनमा सभापति देउवाद्वारा दुःख व्यक्त


काठमाडौँ, ७ माघ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सुनसरीका पूर्वसभापति रामबहादुर बस्नेतको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

सभपति देउवाले आज शोक वक्तव्य जारी गर्दै बस्नेतको निधनको खबरले आफूलाई दुःखित र मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । “बस्नेतले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ”, शोक वक्तव्यमा उल्लेख छ । सभापति शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

अठहत्तर वर्षीय बस्नेतको काठमाडौँस्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल जीवन व्यतीत गर्नुभएको थियो । प्रजातन्त्र पुनःस्थापनापछि २०४९ सालको स्थानीय तहको निर्वाचनमा बस्नेत कांग्रेसको तर्फबाट जिविस सुनसरीको सभापतिमा निर्वाचित हुनुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading