शुक्रबार, माघ ०४, २०८१

उपराष्ट्रपति यादवसँग भारतका राजदूत श्रीवास्तवको भेट


काठमाडौँ, ४ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकासका प्राथमिकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विदेशीय सहयोग र सहकार्यलगायत आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले राससलाई बताउनुभयो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतको ‘छिमेक पहिले’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै केन्द्र सरकारले गहु्ँ निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपालाई दुई लाख टन गहुँ निर्यातको अनुमति दिइएको जानकारी गराउनुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading