बिहिबार, पुष २५, २०८१

कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा


बनियानी (झापा), २४ पुस : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको नभई देशको चिन्ता रहेको बताउनुभएको छ ।

कांग्रेसको ‘कचनकवल–सगरमाथा जागरण अभियान–सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ कार्यक्रमको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जलवायु परिवर्तनबाट हाम्रा हिमाल, हिमनदीहरु, जीवजन्तुको रक्षा कसरी गर्ने ? मुलुककै पुरानो पार्टीको हैसियतले नेपाली कांग्रेसले यी–यावत विषयमा चिन्ता गरिरहेको छ ।

महामन्त्री शर्माले मुलुकमा रहेको विभेद, विकृति–विसङ्गतिविरुद्ध काम गर्नुपर्ने उल्लेख गर्नुभयो । संविधान संशोधनमा नागरिकको अपेक्षा बुझ्नुपर्ने उहाँको भनाइ थियो । “गाउँ–गाउँमा आमनागरिकको अपेक्षा के छ, पार्टीहरुको अपेक्षा के छ, त्यसलाई बुझ्नुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधनको विषय उठान गरेर मात्र नहुने संशोधनको मूल विषय पहिचान गरी नागरिकको पक्षमा संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस कोसी प्रदेश सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्म आङ्देम्बेलगायतले मन्तव्य राख्नुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading