बिहिबार, पुष २५, २०८१

जनचाहनाअनुसार नै संविधान संशोधन हुने उपप्रधानमन्त्री श्रेष्ठको प्रष्टोक्ति


काठमाडौँ, २४ पुस : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनचाहनाअनुसार नै संविधान संशोधन गरिने स्पष्ट पार्नुभएको छ । नेवा एकता दिवसका अवसरमा नेवाः देय्ः दबुले आज टोखामा आयोजना गरेको कार्यक्रममा उहाँले संविधानलाई थप सुदृढ बनाउन तथा जनतालाई थप अधिकार दिन संविधान संशोधन गरिने बताउनुभयो ।

जटिल राजनीतिक अवस्थामा पहिलो संविधानसभा विघटन भएर दोस्रो संविधानसभाबाट अहिलेको संविधान जारी भएको स्मरण गर्दै उहाँले संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वय नै अहिलेको आवश्यकता भएको बताउनुभयो ।

विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ, संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “संविधानको रक्षा गर्दै संविधानप्रदत्त अधिकारको सदुपयोग गर्दै जानुपर्छ ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले कला संस्कृति संरक्षण गर्न नेवार समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । “भाषा, संस्कृति र पहिचान जोगाउन नेवाः देय् दबुले काम गरिररहेको छ, यो अत्यन्त सकारात्मक छ । निरन्तरता पाओस्”, उहाँले भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading