मङ्गलबार, पुष २३, २०८१

भारतीय प्रेस वाचडगद्वारा पत्रकारको हत्याको अनुसन्धानको माग


काठमाडौँ, २१ पुसः कङ्क्रिटले ढाकिएको सेप्टिक ट्याङ्कीमा एक पत्रकारको क्षत–विक्षत शव फेला परेपछि भारतको मिडिया वाचडगले विस्तृत अनुसन्धानको माग गरेको छ ।

अठ्ठाइस वर्षीय स्वतन्त्र पत्रकार मुकेश चन्द्राकरले भारतको मध्य छत्तीसगढ राज्यमा भ्रष्टाचार र दशकौँ पुरानो माओवादी विद्रोहबारे व्यापक रूपमा रिपोर्टिङ गरेका थिए र लोकप्रिय युट्युब च्यानल ‘बस्तर जङ्क्सन’ सञ्चालन गर्दै आएका थिए ।

भारतीय प्रेस काउन्सिलले चन्द्राकरको सन्दिग्ध हत्यामा ‘चिन्ता’ व्यक्त गर्दै शनिबार राति एक विज्ञप्तिमा ‘घटनाको तथ्य’ मा प्रतिवेदन माग गरेको छ । चन्द्राकर बेपत्ता भएको उनको परिवारले रिपोर्ट गरेपछि प्रहरीले उनको मोबाइल फोन रेकर्ड ट्र्याक गरेपछि जनवरी ३ मा उनको शव फेला परेको थियो । तीन जनालाई पक्राउ गरिएको छ ।

भारतका स्रोत–सम्पन्न मध्य क्षेत्रहरूमा सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेको भन्दै नक्सलवादी विद्रोहीहरूले दशकौँदेखि चलाएको विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले चन्द्राकरको मृत्युलाई ‘हृदयविदारक’ भन्दै जिम्मेवारहरूलाई ‘कडाभन्दा कडा सजाय’ दिने प्रतिज्ञा गर्नुभएको छ । रिपोर्टर्स विदाउट बोर्डर्सद्वारा सञ्चालित विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत गत वर्ष १५९औँ स्थानमा रहेको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading