शनिबार, पुष २०, २०८१

सामाजिक सञ्जाल ‘एक्स’ मा एलोन मस्कको नयाँ नाम ‘केकियस म्याक्सिमस’


काठमाडौँ, १७ पुस :  विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ को नाम परिवर्तन गरेका छन् । उनले नयाँ नाम ‘केकिअस म्याक्सिमस‘ राखेका हुन् । उनले नाम परिवर्तन गरेसँगै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा चर्चा सुरू भएको छ ।

नामसँगै उनले एक्समा प्रोफाइल फोटो पनि परिवर्तन गरेका छन् । उनले रोमन सैनिकको भेषमा लोकप्रिय ‘मीम’ पात्र ‘पेपे द फ्रग‘ ले गेमको कन्सोल समातेको फोटो प्रोफाइलमा राखेका हुन् । उनले आफ्नो नयाँ नाम र प्रोफाइल राख्नुको कारण भने खुलाएका छैनन् ।

यो परिवर्तनले क्रिप्टोकरेन्सी बजारमा प्रभाव परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ‘केक’ नामक डिजिटल करेन्सी ‘मीमकोइन’को मूल्य अचानक बढेको छ ।यद्यपी यस क्रिप्टोकरेन्सीमा मस्कको सम्बन्ध भए/नभएको पुष्टि भइसकेको छैन ।

केकियस शब्द ‘केक’को ल्याटिन रूप हो । यसको अर्थ ‘लाफ आउट लाउड‘ अर्थात् अट्टाहास हो । यो शब्द पहिले गेम खेल्नेहरूले प्रयोग गर्थे तर पछि दक्षिणपन्थीहरूले प्रयोग गर्ने गरेका छन् । ‘केक’ शब्द भ्यागुताको टाउकोमार्फत चित्रण गरिने इजिप्टका ‘अध्यारोका देवता‘ को नाम पनि हो ।

मस्कले व्यंग्य, प्रचार वा अरू कुन उद्देश्यले नाम परिवर्तन गरेका हुन् भन्ने प्रस्ट छैन । तर यसले इन्टरनेटमा नयाँ चर्चा भने सुरु गरेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading