शनिबार, पुष २०, २०८१

उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री भट्टराई


काठमाडौँ, १७ पुसः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उहाँले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो ।

शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमपरिषद् (सिटिइभिटी) को पुनःसंरचना गर्न थालिएको बताउनुभयो । उहाँले सिटिइभिटीलाई प्रदेशस्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिनुभयो ।

सिटिइभिटीको पाठ्यक्रम र पुनःसंरचना गर्न आवश्यक छ । त्यही भएर हामीले कार्यदल गठन गरेका हौँ । अब कार्यदलले १० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नेछौँ”, उहाँले भन्नुभयो, “सोही प्रतिवेदनका आधारमा सिटिइभिटीलाई पुनःसंरचना गर्नेछौँ ।

नवप्रवर्द्धनलाई बढाउन दिनका लागि छुट्टै कोषसमेत बनाउन थालिएको बताउँदै मन्त्री भट्टराईले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) लाई पनि नवप्रवर्द्धनको क्षेत्रमा काम गर्ने सक्ने बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले शिक्षासम्बन्धी बनेका नीति, ऐन कार्यान्वयनमा चुनौती रहेको भन्दै त्यसलाई कार्यान्वयनतर्फ लैजानुपर्ने बताउनुभयो ।

समिति बैठकमा समिति सदस्य मदनकुमारी शाहले पाठ्यक्रमलाई जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । समिति सदस्य पद्मबहादुर परियारले विद्यालयको भवन राम्रो भए पनि बालबालिकाको पहुँच नभएको बताउनुभयो । समिति सदस्य युवराज शर्माले शिक्षक, विद्यार्थीलाई अनुशासनमा राख्नुपर्नेमा जोड दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading