बुधबार, पुष १७, २०८१

सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ : डा शेखर कोइराला


महेन्द्रनगर (धनुषा), १४ पुसः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र यो सरकार सफल भएरै छाड्ने बताउनुभयो । राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति भइ वर्तमान सरकार गठन भएको उहाँले उलेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।

डा कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading