सोमबार, पुष ०८, २०८१

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न धरान उपमहानगरपालिका–१६ रङ्गशालामा ‘धरान एक्स्पो’ हुँदै


धरान (सुनसरी), ७ पुसः उद्योग वाणिज्य सङ्घ सुनसरीको आयोजनामा यही पुस २५ देखि आगामी माघ ५ गतेसम्म ‘धरान एक्स्पो’ हुन लागेको छ । स्थानीय उत्पादनलाई बिक्री वितरण र प्रवर्द्धन गर्ने उद्देश्यले धरान उपमहानगरपालिका–१६ रङ्गशालामा धरान एक्स्पो आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, “स्थानीय निकायमा उत्पादन भएका सबै उत्पादनलाई एक्स्पोमा प्रदर्शनीका लागि राखिनेछ ।” स्थानीय सरकार, धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सङ्घीय सरकार र नेपाल उद्योग वाणिज्य सङ्घको सहयोगमा आयोजना गरिने एक्स्पोमा एक सय ४२ वटा स्टल रहने उहाँले जानकारी दिनुभयो ।

एक्स्पोमा धरानमा उत्पादित अग्र्यानिक कृषिउपज, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, रेडिमेड तथा कपडा, घरेलु सामानको स्टल रहने एक्स्पोका मुल संयोजक गोपाल श्रेष्ठले बताउनुभयो ।

दैनिक २० हजारले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको बताउँदै एक्स्पोमा रु १० करोड बराबर कारोबार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धरान एक्स्पो २०८१ मा स्थानीय उत्पादनसँगै मोरङ, झापा, धनकुटा, इलाम, तेह्रथुम, सङ्खुवासभालगायत पहाडी जिल्लाका सबै उत्पादनलाई प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिनेछ ।

एक्स्पोमा धनकुटा, भोजपु, इलाम, तेह्रथुम, खोटाङलगायत कोशी प्रदेशका सबै जिल्ला र छिमेकी मुलुक भारत, दाजिलिङलगायत नजिकका सहरबाट अवलोकन तथा व्यापार, व्यवसायका लागि आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading