सोमबार, पुष ०८, २०८१

कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक : कृषिमन्त्री अधिकारी


काठमाडौँ, ७ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ ।

सातवटै प्रदेशका कृषिमन्त्रीको उपस्थितिमा आज मन्त्रालयमा आयोजित विषयगत समितिको १०आँै बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले राज्यको क्षमताअनुसार योजना बनाउनुपर्ने भन्दै बनेका योजनाको प्रभावकारी कार्यान्वयन गर्न सबैको सहयोग र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

बाँझो जग्गामा खेती गर्ने व्यवस्था गर्नेगरी स्थानीय तहमार्फत कानुन तथा कार्यविधि बनाई लागू गर्न आवश्यक छ, यसका लागि प्रदेश र सङ्घीय सरकारले सशर्त र विशेष अनुदान उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो ।

मध्यपहाडी क्षेत्रमा फलफूलको सम्भावना रहेको भन्दै तीनै तहका सरकार सम्भाव्यता अध्ययन गरी प्रभावकारी योजनामार्फत कार्यान्वयन गर्दै जानुपर्ने मन्त्री अधिकारीले बताउनुभयो । विदेशबाट फर्किएकालाई कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरी काम गर्न उहाँले सरोकार भएका सबैलाई आग्रह गर्नुभयो ।

बैठकमा सातै प्रदेशका कृषि क्षेत्रसँग सम्बन्धित सचिवले प्रदेशमा कृषि क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुति गर्नुभएको थियो । बैठकमा प्रदेशमन्त्रीले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा यसअघि बसेको नवौँ बैठकले गरेका निर्णय कार्यान्वयनको समीक्षा पनि भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading