गण्डकी, ५ पुसः गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले स्थानीय तहले अपनत्व लिँदै शिक्षामा सुधार ल्याउन प्रदेश सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुुभएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा आज पोखरामा आयोजित स्थानीय तहको शिक्षा योजना निर्माणसम्बन्धी कार्यशालाको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरिरहेकाले स्थानीय तहले पनि समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताउनुुभयो ।
प्रदेश सरकारले ल्याएको ‘अभिभावक शिक्षा’, ‘सिक्दै कमाउँदै’ लगायत कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउन र परम्परागतभन्दा नयाँ योजना तर्जुमा गर्न कार्यशालामा सहभागी स्थानीय तहका प्रतिनिधिलाई मन्त्री थापाले निर्देशन दिनुुभयो ।
प्राविधिक र जीवनउपयोगी शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै उहाँले भन्नुुभयो, “योजना बनाइरहँदा शिक्षा क्षेत्रमा सुधार ल्याउने नयाँ योजना तर्जुमा गर्नुपर्छ । जीवन उपयोगी र प्राविधिक शिक्षाप्र्रति ध्यान दिनुपर्छ, नैतिक शिक्षा आजको आवश्यकता हो ।”
संस्कृति, रहनसहन, भाषा वेशभूषालाई आत्मसात् गर्दै विद्यार्थीलाई संस्कारी बनाउने शिक्षामा जोड दिनुपर्ने बताउँदै मन्त्री थापाले प्राविधिक र जीविकोपार्जन गर्ने किसिमका शिक्षा आवश्यक भएको उल्लेख गर्नुभयो ।
सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले योजना निर्माणमा पछाडि नपरियोस् भन्ने उद्देश्यस्वरुप कार्याशाला कार्यक्रम राखिएको जानकारी दिनुुभयो । यथाशीघ्र स्थानीय तहको शिक्षा योजना निर्माण गर्नुपर्ने भएकाले त्यसको तयारीस्वरुप कार्यक्रम गरिएको उल्लेख गर्दै उहाँले कार्यशालाबाट शिक्षा योजना निर्माणले गति लिने विश्वास व्यक्त गर्नुुभयो ।
शिक्षा विकास निर्देशनालय पोखराका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले प्रदेश सरकारले बनाएको शिक्षा नीति, २०७८ लाई आधार बनाएर शिक्षा योजना निर्माण गर्नुपर्ने धारणा राख्नुुभयो । विद्यार्थीको सीप, क्षमता र दक्षता उजागर गर्न उक्त शिक्षा योजना सहायक हुने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















