पर्यटकीयस्थल पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ स्थित पेमाछल उद्यान केन्द्र नागीथाम डाँडामा अवस्थित अष्टमणि चैत्य । उद्यान केन्द्रमा सङ्ग्रहालय पनि बन्न लागेको छ
Click on Photo to Enlarge
तनहुँको बन्दीपुर गाउँपालिका-५ स्थित चन्द्रकोट गढी । यस ठाउँको प्रवर्द्धनका लागि गाउँपालिका जुटेको छ
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१ र २, सुर्केडाँगीमा उपमहानगरपालिकाले साढे सात बिघा क्षेत्रफलमा निर्माण गरेको चेपे ताल । ताल निर्माण भएपछि स्थानीयले सिँचाइ, माछापालन तथा डुङ्गा सञ्चालन गरेर आर्थिक लाभ लिएका छन्
Click on Photo to Enlarge
भोजपुरको पर्यटकीय क्षेत्र चखेवामा चरनक्षेत्रमा रहेका गाईवस्तु । मुन्दुम पदमार्गमा पर्ने यो क्षेत्र पर्यटकको रोजाईको गन्तव्य हो
Click on Photo to Enlarge
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको पर्यटकीयस्थल गुफापोखरी । गुफापोखरी करिब दुई हुजार ८ सय ९० मिटर उचाइमा रहेको छ । मौसम खुल्दा पोखरीमा मकालु हिमालको छायाँ देखिने गर्दछ
Click on Photo to Enlarge
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ मा अवस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको श्री रुद्रेश्वर मन्दिर परिसरमा स्थापना गरिएको महादेवको मूर्ति । यो मन्दिर धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै आएको छ
Click on Photo to Enlarge
मुगु कर्णालीले घेरेको मुगुको सोरु गाउँपालिका वडा नं–८ स्थित कच्चेकोट । तत्कालीन यस स्थानमा शक्तिशाली कोटे राजाले लामो समय बसेर राज गरेको बुढापाकाको भनाइ रहेको छ
Click on Photo to Enlarge
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित गुम्भर्गण (फक्ताङलुङ) हिमालमको आधार शिविर क्षेत्रमा हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम र हिमनदी गहिरो हुँदै जाने क्रम बढेसँगै हिमाली क्षेत्रहरू थप जोखिममा पर्दै गएका छन्
Click on Photo to Enlarge
कीर्तिपुर किक्रेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको प्रतिस्पर्धाका क्रममा ड्रोनबाट देखिएको दृश्य
Click on Photo to Enlarge
कीर्तिपुर किक्रेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सविरूद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्सका क्याप्टेन अनिलकुमार साह