सोमबार, पुष ०८, २०८१

पर्यटन र कृषि प्रदेश सरकारको प्राथामिकतामा


गोरखा, ५ मङ्सिर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन र कृषिलाई प्रदेश सरकारले प्राथामिकतामा राखेको बताउनुभएको छ ।

नेपाल होटल व्यवसायी सङ्घ गोरखाको आयोजनामा गोरखा सदरमुकाममा ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समग्र गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र र कृषि क्षेत्र नै भएकाले यसलाई प्राथामिकतामा राखेर काम गरिरहेको बताउनुभयो । कृषि र पर्यटनको क्षेत्रलाई लगानी गरेर मात्र गाउँमै रोजगारीको अवस्था सिर्जना गर्न सकिने उहाँको भनाइ थियो ।

गाउँमा रोजगारीको अवसर पाए ग्रामिण क्षेत्रबाट हुने बसाइसराइको अवस्थालाई पनि रोक्न सकिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । “ग्रामिण क्षेत्रबाट शहर बसाइ सर्ने, विदेश जाने अवस्था भयावह बन्दै गएको छ”, उहाँले भन्नुभयो, ‘‘प्रदेश सरकारले कृषिलाई व्यावसायीक बनाउन उत्पादनमा अनुदान कार्यक्रमलाई प्राथामिकतामा राखेको छ ।”

गण्डकी प्रदेश भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि योजना बनाएर प्रदेश सरकारले काम गरिरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । “यसमा नीजि क्षेत्रको पनि ठूलो भूमिका र महत्व हुन्छ,” उहाँले भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading