२२ कात्तिक, काठमाडौं । एप्पलले आफ्नो म्याक कम्प्युटरको नयाँ सिरिज लञ्च गरेको छ । एप्पलले नयाँ M4 चिपसहितको आइम्याक, म्याकबुक प्रो र म्याक मिनी गत अक्टोबर २८ मा लञ्च गरेको हो । यसअघि आइफोन १६सिरिजसँगै एयरपड्स तथा एप्पल वाचका नयाँ संस्करण सार्वजनिक गरेको एप्पलले म्याक सेगमेन्टमा पनि नयाँ सिरिज ल्याएको हो।
एप्पलले यसै वर्ष आइप्याड प्रो मोडलसँगै आफ्नो नवीनतम सिलिकन चिपसेट M4 पेस गरेको थियो । त्यही चिपलाई अब १४ तथा १४ इन्चका म्याकबुक प्रो मोडेलमा पनि सामेल गरिएको छ । एप्पलका नयाँ म्याक बुक प्रो मोडल M4, M4 Pro र M4 Mac चिपसेटयुक्त छन् । यी १४ इन्च र १६ इन्च डिस्प्ले मोडेलमा रे ट्रेसिङका साथसाथ एप्पल इन्टेलिजेन्सको सपोर्ट छ ।
भारतमा म्याकबुक प्रो २०२४ मोडलको मूल्य १ लाख ६९ हजार ९९९ रुपैयाँबाट सुरु हुन्छ । यो मूल्य एमफोर चिप र १४ इन्च स्क्रिनवालाको हो । एमफोर प्रो चिप र १४ इन्च डिस्प्लेवालाको मूल्य भने १ लाख ९९ हजार ९०० भारु छ ।

म्याक बुक प्रो २०२४ १६ इन्च डिस्प्ले र एमफोर प्रो चिपसहित पनि उपलब्ध छ । तर यो भेरियन्टको मूल्य २ लाख ४९ हजार ९०० भारु छ । यसमा एमफोर म्याक्स चिपसेटवाला भेरियन्टको मूल्य भने ३ लाख ४९ हजार ९०० रुपैयाँ छ ।
यो ८ नोभेम्बरदेखि एप्पलको अनलाइन स्टोर आधिकारिक बिक्रेतामार्फत् विश्व बजारमा खरिदबिक्री सुरु भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











