02/12/2026, 18:49:07
बिहिबार, माघ २९, २०८२

बौद्धबाट करोडौं मूल्यका गरगहना चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ


काठमाडौँ, माघ २२ : काठमाडौं महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब ८१ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उक्त व्यक्तिलाई स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा सोमबार राति करिब ११ बजे प्रहरीले गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ परेका व्यक्तिबाट हालसम्म ६५ तोला गर-गहना बरामद गरिएको छ ।

प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाउन परेको एसएसपी थापाले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेकोले प्रहरीले पक्राउ गरेका व्यक्तिको परिचय भने सार्वजनिक गरेको छैन ।