रौतहट, पुस १५ गते । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर–धन्सार बीचमा एलपीजी ग्यास बोकेको ट्यांकर दुर्घटना भएको छ । ग्यास बोकेको ट्यांकर बीच सडकमा दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पल्टिएको ग्यास लिक भइरहेकाले दुर्घटना जोखिम बढेपछि प्रहरीले दुवै तर्फको आवागन रोकेको छ । दुर्घटना क्षेत्रमा जंगलमा परेकाले सर्वसाधारणलाई त्यसतर्फ नजान प्रहरीले अनुरोध गरेको छ ।
अहिले दुर्घटनाग्रस्त ग्यासको ट्याङ्कर ६ वटा क्रेनको सहायताले उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । साथै सवारीलाई अहिले बालचनपुर – जङ्गलसैया – धन्सार हुँदै डाइभर्सन गरेर पठाइएको जानकारी दिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














