12/25/2025, 09:59:26
बिहिबार, पुष १०, २०८२

ग्लोबल आइएमईले साना उद्यमीलाई सघाउने


काठमाडौँ, पुस १० गते । ग्लोबल आइएमई बैङ्क  र डिएआई उदय परियोजनाबिच कोशी प्रदेशका साना तथा लघु उद्यमीलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने भएको छ ।

बुधबार सम्पन्न यससम्बन्धी सम्झौता अनुसार डिएआई उदय परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायले ग्लोबल आइएमई बैङ्कको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहज रूपमा कर्जा पाउने छन् ।

नेपाल सरकार तथा स्विट्जरल्यान्ड सरकारको द्विपक्षीय पहलस्वरूप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लामा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ ।

blog

यससम्बन्धी समझदारीपत्रमा बुधबार बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गर्नुभएको छ ।

समझदारीपश्चात् कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायलाई सहज रूपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीको व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने विश्वास बैङ्कले लिएको छ ।

डिएआई उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि, पर्यटन तथा उत्पादनमूलक उद्योगलगायतका व्यवसायलाई कर्जाको उपलब्धता तथा व्यावसायिक उन्नतिका लागि वित्तीय स्रोतमा सहज वातावरण बनाइरहेको छ । ग्लोबल आइएमई बैङ्क देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल छन् । बैङ्कका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।