गोलबजार (सिरहा), पुस ७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए पनि मुलुकले निकास नपाउने बताउनुभएको छ ।
आज यहाँ दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसङ्ख्यक समुदायहरूको (डोटिम) परिसङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले विगतमा सबै जनताको भावनालाई उचित सम्बोधन नगर्दा मुलुक अस्थिर भइरहेको बताउनुभयो ।
अध्यक्ष यादवले भन्नुभयो, “संविधान संशोधन र परिमार्जन मात्र नभई आवश्यकताका आधारमा पुनर्लेखन गर्नुपर्ने छ । संविधानको उपचार नगरी अहिलेकै अवस्थामा चुनावमा गए मुलुकका समस्या ज्यूँकात्यूँ रहन्छन् । त्यसैले हाम्रो आग्रह छ, फेरि समस्या नआउने गरी संविधानमा सुधारका काम गरौँ ।”
डोटिम परिसङ्घका अध्यक्ष चन्देश्वर पासावानको अध्यक्षतामा भएको कार्यक्रमका अन्य वक्ताहरूले पनि परिवर्तनलाई थप संस्थागत गर्न मुलभूत समस्याको पहिचा गरेर समाधान गर्न लाग्नुपर्नेमा जोड दिएका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














