काठमाडौं, पुस ७ गते । रुसको राजधानी मस्कोमा भएको विस्फोटमा एक सेना प्रमुखको मृत्यु भएको छ ।
रुसको अनुसन्धान समितिले सोमबार बिहान कार बम विस्फोटमा लेफ्टिनेन्ट जनरल फामिल सरभारोभको मृत्यु भएको जानकारी दिएको छ ।
समितिका अनुसार सरभारोभ सशस्त्र बलको सञ्चालन तालिम विभागका प्रमुख थिए । यस विषयमा अनुसन्धान भइरहेको रुसी अधिकारीहरुले जनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।
यस घटनामा युक्रेनी गुप्तचर निकायहरूको संलग्नताको पनि अनुसन्धान भइरहेको बताइएको छ । विस्फोट बारे युक्रेनबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















