काठमाडौँ, पुस २ गते। ललितपुर महानगरपालिकाले १०७औँ स्थापना दिवस मनाएको छ । आज विशेष समारोहकाबीच महानगरपालिकाले स्थापना दिवस मनाएको छ ।
समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका थिए । विभिन्न सांस्कृतिक प्रस्तुतिसहित दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत अघि बढाउन निर्वाचनको विकल्प नभएको बताएकी थिइन् । उनले सरकारले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको दाबी गरेकी थिइन् ।
महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जेन जेडहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका थिए ।
उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावना अनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको तर जेन जेडहरुले निर्वाचन हुनै नदिने स्वर निकालिरहेको भन्दै आपत्ति जनाएका हुन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













