काठेखोला (बागलुङ), पुस २ : जिल्ला प्रहरी कार्यालय बागलुङले ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले बहुविवाह मुद्दाका फरार बडिगाड गाउँपालिका–६ (साविक भिमगिठ्ठे–९) की ३५ वर्षीया लालमाया माकिमलाई पक्राउ गरेको हो । माकिमलाई जिल्ला अदालत बागलुङले २०७१ असार ८ गते बहुविवाह मुद्दामा ११ महिना १ दिन कैद सजाय तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलजंग थापाले इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले फरार माकिमलाई पक्राउ गरेको बताउनुभयो । उहाँले पक्राउ गरिएकी माकिमलाई मङ्गलबार जिल्ला अदालत बागलुङमा उपस्थित गराई फैसला कार्यान्वयनका लागि जिल्ला कारागार बागलुङमा चलान गरिएको बताउनुभयो ।
– अर्जुन कार्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















