12/17/2025, 11:06:55
बुधबार, पुष ०२, २०८२

ललितपुर महानगरले स्थापना दिवस मनाउँदै


ललितपुर, पुस २ : ललितपुर महानगरपलिकाले बुधबार १०७ औँ स्थापना दिवस मनाउँदै छ । कला, संस्कृति सम्पदायुक्त हरित सहरका रूपमा परिचित ललितपुर महानगरपालिकाको स्थापना दिवस मनाउन लागिएको हो ।

विक्रम संवत् १९७५ पुस २ गते जारी भएको पाटन सवालबाट छेमडोल अड्डाको नामबाट सञ्चालन भई विसं २००९ मा ललितपुर नगरपालिका घोषणा गरिएको थियो । त्यस्तै विसं १९१८ मा ललितपुर नगर पञ्चायत, २०४७ मा पुनः ललितपुर नगरपालिका, २०५२ मा ललितपुर उपमहानगरपालिका र २०७३ चैत १० गते ललितपुर महानगरपालिका घोषणा भएको थियो ।

महानगरप्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ललितपुर महानगरपालिकाले १०७ औँ स्थापना दिवस भव्य रूपमा मनाउन लागेको जानकारी दिनुभयो ।