७ कात्तिक, रसुवा । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारा लगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् । हिमपातसँगै नौकुण्ड गापा अन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी, लारच्याङ्टार, बच्चा, लोकिल, सरमथलीको नेर्कुडाँडा लगायत स्थानमा चिसा बढेको नौकुण्ड गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष मेङ्मर थिङ तामाङले बताए।

चिसो बढेसँगै बालबच्चा र ज्येष्ठ नागरिकमा रूघाखोकीको समस्या बढेको वडाअध्यक्ष तामाङले जानकारी दिनुभयो । हिउँद सुरु हुने बित्तिकै हिमपात हुन थालेपछि यस वर्षको हिउँदेबाली सप्रिने आशामा रहेको यार्सा दोक्लाङका युवा गोरमेन तामाङले बताए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















