काठमाडौँ, मङ्सिर २२ गते । काठमाडौँ महानगरपालिका-१६ कालधारास्थित सडकमा इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेको तेमाल गाउँपालिका-६ घर भई स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका-४ घर भई स्वयम्भू नै बस्ने ३० वर्षीय श्याम तामाङ छन् । उनीहरूलाई आतइबार राति पक्राउ गरिएको हो ।
उनीहरूले १५ मंसिरको राति १० बजेतिर सडकमा हिँड्दै गरेका २५ वर्षीय इजरायली नागरिक अर्मोजा अल्मोगलाई लछारपछार पार्दै हातपात गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
ती इजरायली नागरिक कालधारास्थित योग होस्टलमा बस्दै आएका थिए । पक्राउ परेकाहरूमाथि अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान अघि बढाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











